पूर्णखोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पुग्यो

बागमती। मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या नौ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ८६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो सङ्ख्या वृद्धि भई ९५ प्रतिशत पुगेको कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
खोप लगाउने बालबालिकालाई लक्षित गरी ‘‘खोज र खोप” कार्यक्रम सञ्चालन गर्नु, स्वास्थ्यकर्मीको सक्रियता बढ्नु र अभिभावकसमेत खोपप्रति सचेत हुनु जस्ता कारणले पछिल्ला वर्षमा पूर्ण खोप लगाउने दरमा वृद्धि भइरहेको प्रमुख मिजारको भनाइ छ ।
तीव्र रुपमा बढेको सहरीकरण र त्यससँगै बाहिर जिल्लाबाट समेत मकवानपुरमा बसाइँसराइ गरी आउने क्रम बढेकाले पनि खोप लगाउने बालबालिकाको सङ्ख्या बढेको उनले बताए ।
जिल्लामा दारुरा रुबेला र जापनीज इन्सिफ्लाईटिस (जेरी) खोप लगाउने दरमासमेत विगत वर्षको तुलनामा केही सुधार भएको छ । आव २०८०/८१ मा शतप्रतिशत बालबालिकालाई जेरी र ९९ प्रतिशत बालबालिकालाई दादुरा रुबेला खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै जन्मिएदेखि १५ महिनासम्म लगाइने बिसिजी खोप, पाँचथरी खोप लगाउने बालबालिकाको दरमा केही कमी आएको छ । सो कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा बिसिजी खोप लगाउने बालबालिकाको सङ्ख्या ९३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८१ प्रतिशतमा झरेको छ ।
यस्तै, पेन्टा लगायतका विभिन्न पाँच प्रकारको खोप रहेको पाँचथरी खोप लगाउने दर आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा शतप्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो झरेर ९३ प्रतिशतमा पुगेको प्रमुख मिजारले बताए ।
बाहिर जिल्लाबाट हेटौडा लगायत मकवानपुरका विभिन्न स्थानमा आउने जाने क्रम भइरहेको र शिशु जन्मिने दरसमेत घटेकाले ती खोप लगाउने दर केही घटेको उनको कथन छ ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया