पूर्णखोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पुग्यो

बागमती। मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको संख्या ९५ प्रतिशत पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या नौ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ८६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो सङ्ख्या वृद्धि भई ९५ प्रतिशत पुगेको कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
खोप लगाउने बालबालिकालाई लक्षित गरी ‘‘खोज र खोप” कार्यक्रम सञ्चालन गर्नु, स्वास्थ्यकर्मीको सक्रियता बढ्नु र अभिभावकसमेत खोपप्रति सचेत हुनु जस्ता कारणले पछिल्ला वर्षमा पूर्ण खोप लगाउने दरमा वृद्धि भइरहेको प्रमुख मिजारको भनाइ छ ।
तीव्र रुपमा बढेको सहरीकरण र त्यससँगै बाहिर जिल्लाबाट समेत मकवानपुरमा बसाइँसराइ गरी आउने क्रम बढेकाले पनि खोप लगाउने बालबालिकाको सङ्ख्या बढेको उनले बताए ।
जिल्लामा दारुरा रुबेला र जापनीज इन्सिफ्लाईटिस (जेरी) खोप लगाउने दरमासमेत विगत वर्षको तुलनामा केही सुधार भएको छ । आव २०८०/८१ मा शतप्रतिशत बालबालिकालाई जेरी र ९९ प्रतिशत बालबालिकालाई दादुरा रुबेला खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै जन्मिएदेखि १५ महिनासम्म लगाइने बिसिजी खोप, पाँचथरी खोप लगाउने बालबालिकाको दरमा केही कमी आएको छ । सो कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा बिसिजी खोप लगाउने बालबालिकाको सङ्ख्या ९३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८१ प्रतिशतमा झरेको छ ।
यस्तै, पेन्टा लगायतका विभिन्न पाँच प्रकारको खोप रहेको पाँचथरी खोप लगाउने दर आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा शतप्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो झरेर ९३ प्रतिशतमा पुगेको प्रमुख मिजारले बताए ।
बाहिर जिल्लाबाट हेटौडा लगायत मकवानपुरका विभिन्न स्थानमा आउने जाने क्रम भइरहेको र शिशु जन्मिने दरसमेत घटेकाले ती खोप लगाउने दर केही घटेको उनको कथन छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया