ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्यार्म्ब्लर ४०० एक्स मोडेल सार्वजनिक

काठमाडाैं। गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्यार्म्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ ।
बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएका छन् । यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाईकल सेगमेन्टलाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकोे छ ।
ट्रायम्फको उत्कृष्टताको इतिहास
ट्रायम्फ मोटरसाइकलले शताब्दीको अनुभव र ब्रिटिश इन्जिनियरिङको कौशलतालाई मिलाएर नयाँ डिजाइनका मोटरसाइकलहरु उत्पादन गर्दछ । उत्कृष्ट कलात्मक शैलीका लागि परिचित ट्रायम्फको बाइकहरूमा स्टाइल, पावर र विश्वसनीयताको सम्मिश्रण पाउन सकिन्छ ।
ट्रायम्फ स्पीड ४००
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सिसिको टिआर–सिरीज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड-डाउन फोक्र्स, प्री–लोड एड्जस्टेबल रियर मोनोशक, र १७–इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ । साथै ग्राहकले राइड-बाइ-वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।
ट्रायम्फ स्क्यार्म्ब्लर ४०० एक्स
ट्रायम्फ स्क्यार्म्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९-इन्चको फ्रन्ट ह्वील, र १७–इन्चको रियर ह्वील, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पुर्याउनेछ । स्क्यार्म्ब्लर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोक्र्स, एड्जस्टेबल रियर मोनोशक र अफ–रोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्¥याम्ब्लर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बुस्च एबीएस, एलईडी लाइटिङ, ह्याण्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।
भदौ ११ देखि भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरु बुकिङ गर्ने ग्राहकहरुलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य रु. ६,३९,९०० मा र ट्रायम्फ स्क्यार्म्ब्लर ४०० एक्स विशेष मूल्य रु.६,८९,९०० मा प्रदान गरिने कम्पनीले जनाएको छ । विस्तृत जानकारीको लागि भृकुटीमण्डपमा जारी नाडा अटो सोको स्टल नं. एम १२ मा एवम् कम्पनीको आधिकारिक सामाजिक सञ्जालमा सम्पर्क गर्न सकिनेछ ।
नाडा अटो शोमा बजाजले “एक्सप्रेस योर सेल्फ” नामको अन्तरक्रियात्मक थिम पनि सन्चालन गरीरहेको छ । यस अन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।
यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् । यस्ता अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेर बजाजले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नुका साथै आफ्ना उपभोक्ताहरूसँग आत्मीयता बढाउने वातावरण पनि सिर्जना गरिरहेको छ ।

















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया