एकीकृत समाजवादीको चुनावमा ३२२ मत खस्यो, गणना सुरु
मेरोन्यूज
२०८१ भदौ ११ गते २१:५७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको मतदान सकिएसँगै मतगणना सुरु भएको छ।
मंगलबार साँझ १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो ।
मतदानमा २२ जना अनुपस्थित भएका छन्। ३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।
वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीका शीर्ष नेता घनेन्द्र बस्नेतले उम्मेदारी फिर्ता लिएपछि पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन।
सम्बन्धित
















अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया