दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिजमा वेस्ट इन्डिजको क्लीन स्वीप
मेरोन्यूज
२०८१ भदौ १२ गते ७:५७

काठमाडौँ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ ।
गएराती सम्पन्न सिरिजको तेस्रो खेल वेस्ट इन्डिजले डिएल मेथड अनुसार ८ विकेटले जितेको थियो ।
बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पाएको ११६ रनको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै १३ ओभरमा ४ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।
वेस्ट इन्डिजले यस अघि पहिलो खेल ७ विकेटले र दोस्रो खेल ३० रनले जितेको थियो ।
योजितसँगै वेस्ट इन्डिजले टी- २० सिरिज ३-० ले जितेको छ । यस सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका वेस्ट इन्डिजका शाइ होप प्लेयर अफ द सिरिज बनेका थिए ।
सम्बन्धित













आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया