दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिजमा वेस्ट इन्डिजको क्लीन स्वीप
मेरोन्यूज
२०८१ भदौ १२ गते ७:५७

काठमाडौँ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ ।
गएराती सम्पन्न सिरिजको तेस्रो खेल वेस्ट इन्डिजले डिएल मेथड अनुसार ८ विकेटले जितेको थियो ।
बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले पाएको ११६ रनको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै १३ ओभरमा ४ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।
वेस्ट इन्डिजले यस अघि पहिलो खेल ७ विकेटले र दोस्रो खेल ३० रनले जितेको थियो ।
योजितसँगै वेस्ट इन्डिजले टी- २० सिरिज ३-० ले जितेको छ । यस सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका वेस्ट इन्डिजका शाइ होप प्लेयर अफ द सिरिज बनेका थिए ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया