पन्च इभीको नेपालमा उत्साहजनक सुरुवात, पहिलो दिनमै १०० भन्दा बढी बुकिङ

काठमाडौँ । नाडा अटो शो २०२४ मा बिक्रि सुरु गरेको टाटा पन्च इभीको नेपालमा उत्साहजनक सुरुवात भएको छ । बिक्रि सुरु गरेको पहिलो दिनमै नेपालभरी १०० बढी बुकिङ भएको कम्पनिले जनाएको छ । कम्पनीले केही दिनअघि बाट टाटा पन्च इभिको प्रि– बुकिङ सुरु गरिसकेको थियो ।
टाटा पन्च इभीको शुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो मूल्य नाडा अटो शो चलुन्जेलसम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति का कनुसार टाटा पन्च इभिलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङ्गमा पनि देखिएको छ । ‘विगतमा पनि टाटा मोटर्सले सधैँ नेपाली जनताको चाहनाअनुसारको गाडीहरु ल्याउन सफल भएको छ र यो पन्च इभिको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौँ’, सिजापतिले भने । उनका अनुसार गत वर्ष नाडाबाटै बिक्रि सुरु गरिएको टियागो इभि नेपालको सर्वाधिक बिक्रि हुने इभि ह्याचब्याक बन्न सफल भएको थियो । पन्च इभिले पनि नेपालमा राम्रो बजार लिनेमा उनीहरुको विश्वास छ ।
यसको साथै टाटा इभि नाडा अटोशो २०२४ टियागो इभिको हरेक बुकिङ्गमा ग्राहकहरुले जोडीको लागि थाइल्याण्ड यात्रा पाउनुका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज प्राप्त गर्नेछन् ।










मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया