पन्च इभीको नेपालमा उत्साहजनक सुरुवात, पहिलो दिनमै १०० भन्दा बढी बुकिङ

काठमाडौँ । नाडा अटो शो २०२४ मा बिक्रि सुरु गरेको टाटा पन्च इभीको नेपालमा उत्साहजनक सुरुवात भएको छ । बिक्रि सुरु गरेको पहिलो दिनमै नेपालभरी १०० बढी बुकिङ भएको कम्पनिले जनाएको छ । कम्पनीले केही दिनअघि बाट टाटा पन्च इभिको प्रि– बुकिङ सुरु गरिसकेको थियो ।
टाटा पन्च इभीको शुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो मूल्य नाडा अटो शो चलुन्जेलसम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति का कनुसार टाटा पन्च इभिलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङ्गमा पनि देखिएको छ । ‘विगतमा पनि टाटा मोटर्सले सधैँ नेपाली जनताको चाहनाअनुसारको गाडीहरु ल्याउन सफल भएको छ र यो पन्च इभिको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौँ’, सिजापतिले भने । उनका अनुसार गत वर्ष नाडाबाटै बिक्रि सुरु गरिएको टियागो इभि नेपालको सर्वाधिक बिक्रि हुने इभि ह्याचब्याक बन्न सफल भएको थियो । पन्च इभिले पनि नेपालमा राम्रो बजार लिनेमा उनीहरुको विश्वास छ ।
यसको साथै टाटा इभि नाडा अटोशो २०२४ टियागो इभिको हरेक बुकिङ्गमा ग्राहकहरुले जोडीको लागि थाइल्याण्ड यात्रा पाउनुका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज प्राप्त गर्नेछन् ।
















मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया