बागमती प्रदेशसभा:विषयगत समितिबाट दुई विधेयक पारित

बागमती । बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिहरुले लामो समयदेखि विचाराधीन दुई विधेयक टुङ्गो लगाएका छन् ।
आज बसेको प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिले दफावार छलफल पश्चात विगत एक वर्षदेखि विचाराधीन प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने गरी टुङ्गो लगाएको हो ।
विधेयकका ३० वटै दफामाथि दफावार छलफल पश्चात सर्वसम्मतबाट उक्त विधेयक पास गरेको समितिका सभापति आनन्दकुमार श्रेष्ठले जानकारी दिए । उक्त विधेयक गत २०८० असोजमै समितिमा दर्ता भए पनि सत्ता परिवर्तन, बजेटलगायत कारणले विधेयकमाथि छलफलअघि बढ्न सकेको थिएन् ।
आजै बसेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० दफलवार छलफल पश्चात पास गरेको समितिका ठाकुरप्रसाद ढकालले जानकारी दिए । स्वास्थ्य विधेयक लामो समयदेखि समितिका विचाराधीन रहँदा प्रदेशमा स्वास्थ्य संस्था स्थापनालगायत कार्य प्रभाबित हुँदै आएको थियो ।
भोलि बस्ने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिका सभापति ढकालले बताए ।















पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया