आज आठ संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज आठ वटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार बिहान ९ बजे अर्थ समितिको बैठक बस्ने भएको छ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा तयारी पोसाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोसाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल हुनेछ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति(संयुक्त)बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको कार्यविधि पारित गर्ने र समितिको वार्षिक कार्यतालिकाका विषयमा छलफल हुनेछ ।
संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्दै छ । दिउसो एक बजे बस्ने बैठकमा राजदूतमाथिको उजुरीबारे छलफल हुनेछ ।
त्यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी त्यसमा छलफल हुनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
















सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
प्रतिक्रिया