आज सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
मेरोन्यूज
२०८१ भदौ १४ गते १०:५७

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया