प्रचण्डलाई ओलीले भने- बंगलादेशको घटनाले खुट्टा कमाउन मैले १७ हजार मान्छे मारेको छु र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन् ।
शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि आक्रामक हुदै बंगलादेश र श्रीलंकाको घटनाबाट ठुलो डर प्रचण्डलाई नै भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताएका हुन् । उनले भने- ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छ र ? खुट्टा कमाउने ? मैले त डराउनुपर्नै केही छैन् ।’
उनले प्रचण्डले श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर त्यो चर्को स्वरमा भनेको उल्लेख गर्दै भने- ‘म भन्न चाहन्छु राम्ररी सिक । बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने ? नेपाल कुनै देशको फोटोकपी मेसिन होईन । यहाँ आफ्नै इतिहास र परम्परा छ । डेमोक्रेसी हामीले लडेर ल्याएका हौं । अहिलेको संविधान हामीले लेखेको हो । म त्यो हैसियत राख्छु । यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो । जो यहाँ भैरहेको प्रणाली र डेमोक्रेसीको विरुद्धमा लड्यो अनि उसैका ठूला कुरा ।’
सो कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए ।













आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया