ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध

काठमाडौँ । ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि ब्राजिलमा एक्स पूर्ण रुपमा बन्द भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
शुक्रबार ब्राजिलको सर्वोच्च अदालतले एक्समाथि देशभर प्रतिबन्ध लगाउन आदेश दिएपछि सरकारले सो आदेशको पालना गरेको बताइएको छ ।
यस अघि सर्वोच्चले एक्सलाई ब्राजिलमा आफ्नो स्थानीय प्रतिनिधि राख्न आदेश दिएपछि एक्सका मालिन एलन मक्सले अगस्त १७ मा ब्राजिलको आफ्नो कार्यालयनै बन्द गरिदिएका थिए ।
ब्राजिलको सर्वोच्च अदालत र एक्सको बीचमा पछिल्ला महिनाहरूदेखि नै विवाद बढ्दै आएको थियो । अदालतले यसअघि पनि ब्राजिलका केहि एक्स एकाउन्टहरुलाई प्रतिबन्ध लगाउन आदेश दिएपनि एक्सले वाक स्वतन्त्रताको हवाला दिदै अस्वीकार गरको थियो ।
सर्वोच्चले एक्सको कानुनी विवादमा गरेका जरिवाना नतिरेपछि गत विहिबार मस्कको अर्को कम्पनि स्टारलिंकको बैंक खाता रोक्का गरेको थियो । ब्राजिलमा इन्टरनेट कनेक्सन उपलब्ध गराउने कम्पनि स्टारलिंकका साढे २ लाखभन्दा बढी ग्राहक रहेको बताइएको छ । सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने हुनाले कुनै तार कनेक्सन बिनानै स्टारलिंकले विश्वका सय भन्दा बढी देशमा इन्टरनेट उपलब्ध गराउदै आएको छ ।
स्टारलिंकले सामाजिक सञ्जाल एक्सको प्रकरणसँग आफ्नो कुनै सरोकार नभएको अदालतमा जिकिर गरेपनि मालिक एकै भएको भन्दै सर्वोच्चले स्टारलिंकको खाता रोक्का गरेको थियो ।
मस्कले सर्वोच्चको आदेशपछि ब्राजिलमा स्टारलिंकको इन्टरनेट नि: शुल्क उपलब्ध हुने बताएका छन् । बैंक खाता रोक्का गरिएकोले शुल्क उठाउन नमिलेको भन्दै उनले दुर्गम क्षेत्रका विद्यालय, अस्पतालहरु स्टारलिंकको इन्टरनेटमा भरपरिरहेको उल्लेख गरेका छन् ।
















HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
41 days to HoR elections: Election symbol to be provided to candidates today
बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया