आज संसदका चार समितिको बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ । आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै छ । आज अर्थ समिति, शिक्षा समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायाँ व्यवस्था समितिको बैठक पनि बस्दै छ भने संयुक्त संसदको संसदीय सुनुवाई समितिको बैठक पनि बस्दै छ ।
आज बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने एजेण्डा रहेको छ । अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित हुदै छन् ।
त्यसैगरी अपराह्न १ बजेका लागि बोलाइएको शिक्षा समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसै गरि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै संसदीय सुनुवाई संयुक्त समितिको ११ बजे बोलाइएको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया