भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइयो
मेरोन्यूज
२०८१ भदौ १६ गते १८:३२

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा अब ९ मन्त्रालय हुने भएको छ ।
हालको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो । गण्डकीमा सत्तासाझेदार दल एमालेसँग भागबण्डामा कुरा नमिलेपछि सरकारमा नगएकोले मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा मन्त्रालय दिने भएका छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारबाट नहटाउने अडान राख्दा पनि एमाले सरकारमा जान आनाकानी गरिरहेको छ ।
सम्बन्धित













आजका लागि विदेशी मुद्राको विनिमयदर
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया