ओलीलाई बालेनको प्रश्न- नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ?

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारवाही नगरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्माले विगत ८ बर्षदेखि कैदी बनाएर एक नाबालिकालाई घरेलु कामदार बनाएर राखेको भन्दै सरकारले पक्राउ नगरेको उल्लेख गरेका छन् । बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेखा शर्मालाई कहिले समाउने भन्दै प्रश्न गरेका छन् ।
बालेनले भनेका छन्-
वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया