८.३ प्रतिशतले बढे विदेशी पर्यटक
मेरोन्यूज
२०८१ भदौ १७ गते १२:२९

काठमाडौँ ।सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।
सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को अगष्टमा छ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
सम्बन्धित










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया