हुम्लामा सवारी दुर्घटनामा ३ वर्षमा ७ जनाको मृत्यु

सिमकोट(हुम्ला)। जिल्लामा तीन वर्ष अवधिमा ३३ वटा सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा पाँच वटा सवारी दुर्घटना भएका थिए । सो आवमा एक बालकको जीप दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
आव २०७९/०८० मा विभिन्न दश वटा सवारी दुर्घटना भएका थिए । सो आवमा दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो । जीप चार, ट्याक्टर पाँच र स्काभेटर एक दुर्घटनामा परेका थिए । सोही आवमा महिला पुरुष गरी २४ जना घाइते भएका थिए ।
आव २०८०/०८१ मा १८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी महिला एक, बालक एक र पुरुष दुई गरी चार जनाले ज्यान गुमाएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । सबैभन्दा बढी यही आवमा दुर्घटना भएको थियो । सो आवमा ३५ जना दुर्घटनाकै कारण घाइते भएका थिए ।
तीन वर्षको तथ्याङ्कमा हरेक वर्ष घाइते हुनेको सङ्ख्या बढ्दो देखिएको छ । तीन वर्ष अवधिमा जिल्लामा सवारी दुर्घटनामा परी जम्मा ६५ जना घाइते भएका छन् ।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया