नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, काराेबार रकम कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो
आज तीन सय २८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक एक दशमलव ३२, होटल तथा पर्यटन शून्य दशमलव ६५, जीवन बीमा दुई दशमलव २८, लघुवित्त शून्य दशमलव ३६ र निर्जीवन बीमा चार दशमलव ७८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ६७, वित्त एक दशमलव ५७, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव शुन्य तीन, व्यापार शून्य दशमलव ४१ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।
सात कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य आठ दशमलव ८६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३४ करोड ७२ लाख २३ हजार दुई सय ७३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख ४४ हजार एक सय ५० कित्ता शेयर किनबेच भएको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया