नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल बर्षाले रद्ध

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको पहिलो अभ्यास खेल बर्षाले रद्ध भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज पहिलो खेल हुने तालिका रहेको थियो ।नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो ।नेपालले अब दोस्रो अभ्यास खेल बुधबार र तेस्रो खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।












जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
TikTok reveals Nepal’s top searches in 2025
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया