शनिबार, चैत ७, २०८२

नाडा अटो शोमा एमएडब्लुका १ हजार भन्दा बढी सवारी साधन बुकिङ

मेरोन्यूज २०८१ भदौ १९ गते १६:३२

काठमाडौँ । एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा १ हजार भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधन बिक्री भएकाे घोषणा गरेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो प्रभावशाली उपलब्धिले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनीयतालाई दर्शाएकाे कम्पनीकाे भनाइ छ ।

नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध छ। यस वर्षको नाडा अटो शोमा समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखेको थियो। एमएडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो।

एमएडब्लु समूहका निर्देशक श्री विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे। उनले भने, ‘नाडा अटो शोमा हाम्रो गाडीहरु प्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं। हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पुरा गरेको छ। यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो।’

‘गुणस्तर, रियालबल तथा इन्नोभेटिभ सवारी साधनहरू प्रदान गरी नेपाली बजारको विकासशील आवश्यकताहरू पूरा गर्न समर्पित छाैं’ कम्पनीले भनेकाे छ।

प्रतिक्रिया