फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको मनोनयन सार्वजनिक , को को परे ?

काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्वजनिक गरिएको छ ।
फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस बर्ष ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ । अब यी ३० जना मध्येबाट नै अक्टोबर २८ मा हुने एक समारोहमा एक जनालाई बेलून डो अर अवार्डले सम्मानित गरिने छ ।
मनोनयनमा परेका खेलाडीमा जुडे बेलिंघम (रियल म्याड्रिड/इङल्याण्ड), रुबेन डियाज (म्यानचेस्टर सिटी/पोर्चुगल), फिल फोडेन (म्यानचेस्टर सिटी/इङल्याण्ड), फेडेरिको भाल्भेर्डे (रियल म्याड्रिड/ उरुग्वे), इमिलियानो मार्टिनेज ( एस्टन भिल्ला/ अर्जेन्टिना), इर्लिंग हलाण्ड (म्यानचेस्टर सिटी/ नर्वे), निको विलियम्स (एथलेटिक क्लब/स्पेन), ग्रान्ट जाखा (बायर लिभरकुसेन/ स्वीजरल्याण्ड), अर्टेम डोभबिक (एस रोमा/युक्रेन), टोनी क्रूज (रियल म्याड्रिड/ जर्मनी), भिनिसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल), डानी ओल्मो (बार्सिलोना/स्पेन), फ्लोरियान विर्त्ज (बायर लिभरकुसन/जर्मन), मार्टिन ओडेगार्ड (आर्सनल/नर्वे), माट हुमेल्स (रोमा/जर्मनी), रोड्री (म्यानचेस्टर सिटी/स्पेन), ह्यारी केन (बायर्न म्युनिख/इङल्याण्ड), डेकलान राइस (आर्सनल/ इङल्याण्ड), भिटिन्हा (पिएसजी/पोर्चुगल), कोल पार्मर (चेल्सी/इङल्याण्ड), डानी कार्भाजल (रियल म्याड्रिड/ स्पेन), लामिन यमल (बार्सिलोना/स्पेन), बुकायो साका (आर्सनल/इङल्याण्ड), हाकान कलहानोग्लु (इन्टर मिलान/टर्की), विलियम सालिबा (आर्सनल/फ्रान्स), किलीयन एम्बाप्पे (रियल म्याड्रिड/ फ्रान्स), लाउतारो मार्टिनेज (इन्टर मिलान/ अर्जेन्टिना), एडेमोला लुकम्यान (एटलान्टा/नाइजेरिया), एन्टोनियो रुडीगेर (रियल म्याड्रिड/ जर्मनी) र अलेजान्द्रो ग्रिमाल्डो (बायर लिभरकुसन/स्पेन) रहेका छन् ।
बेलुन डो अरको गत बर्षको अवार्ड जितेका लियोनेल मेसी भने यस बर्ष मनोनयनमा परेका छैनन् । त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समेत यस मनोनयनमा रहेका छैनन् । अहिलेसम्म मेसीले ८ पटक र रोनाल्डोले ५ पटक बेलुन डो अर अवार्ड जितेका छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया