मानव बेचबिखनबारे गलत बुझाइलाई चिर्न ‘छोटा वृत्तचित्र’ निर्माण गरिँदै

काठमाडौं । मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे समाजमा चलेका गलत मान्यता र बुझाईलाई चिर्न “छोटा वृत्तचित्र” निर्माण गर्ने भएको छ ।
१८ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको सन्दर्भमा व्यूरो र फाउण्डेशनले नेपालमा बदलिदो अवस्थामा रहेको मानव बेचबिखनको क्रियाकलापबारे छोटा भिडियोहरु तयार गर्न लागेको हो ।
मानव बेचबिखन विरुद्धको व्यूरो प्रमुख ओमबहादुर रानाले विभिन्न प्रलोभनमा पारेर बैदेशिक रोजगारीको बहानामा विदेश पु¥याइएका र आन्तरीक रुपमा श्रम तथा यौन शोषणमा परेका १८ सय ६२ जनालाई व्यूरो र विभिन्न सङ्घ संस्थाका प्रतिनिधी सहभागी उद्धार टोलीले उद्धार गरेको जानकारी दिए।
उनले नेपालले विदेशमा घरेलु श्रमिकका रुपमा जान बन्द गरेको अवस्थामा भारतको बाटो भएर दुवई वा अन्य मुलुकमा पुगेर नेपाली ठगिएको घटना बढेको बताउँदै रोजागारीमा जानेलाई रोक्न सकिन्न, गलत गन्तव्यबाट गएर उद्धार गरिरहनुभन्दा सम्वन्धीत कामका लागि तालिम, सिप सिकेर स्वदेशकै बाटोबाट जाने व्यवस्था भए नेपाली श्रम शोषण र यौन शोषणमा कम पर्ने विचार व्यक्त गरे ।
रानाले विगतमा महिला र किशोरी मात्र यौन शोषणका लागि बेचिने घटना बढि थियो भने अहिले हरेक उमेर समुह र शिक्षित जनशक्ति पनि ठगिने क्रमले भयावह रुप लिइरहेकोले मानव बेचविखन सम्बन्धि भ्रमहरुबारे भिडियो निर्माणका लागि व्यूरोले फाउण्डेशनसँग सहकार्य गरिरहेको बताए।
शान्ति फाउण्डेसनका अध्यक्ष शान्ति लामाले यौन शोषणमा पर्नु मात्र बेचिनु होइन, तलब नदिई बन्धक बनाएर श्रम शोषण गरिनु पर्ने बेचिनु हो, अहिले बैदेशिक रोजगारी, उच्च शिक्षाको नाममा महिला, किशोरी मात्र होइन, पुरुष पनि समस्यामा परिरहेकोले मानव बेचबिखनको फराकिलो आयामबारे जनचेतनाको लागि जागरणमुलक भिडियो निर्माणको तयारी भइरहेको बताइन् ।
उनले फाउण्डेसनमार्फत सन् २०१६ देखि मानव बेचबिखनमा परेका पीडितको उद्धार, पुनस्थार्पना, परिवारमा पुनर्मिलन र पुनर्मिलन हुन नसकेका प्रभावितका लागि सिफ, शिक्षामार्फत सशक्तिकरण कार्यक्रमसँग जोड्दै आएको बताइन् ।
अध्यक्ष लामाले भनिन्,“काम गर्ने क्रममा यस क्षेत्रको समस्यालाई नजिकबाट बुझ्दै जादा यसबारेमा प्रचलित थुपै्र गलत धारणालाई पनि प्रविधीको सहयोगमा हटाउन सके बेचबिखनमा पर्न सक्ने जोखिम कम हुने देखेकोले जागरणमुलक काममा पनि फाउण्डेशनले व्यूरोसँग सहकार्य गरेको हो।”
















वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
साँखुमा गोली चल्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया