प्रतिबद्ध भएर पर्यटन प्रवर्द्धनमा लाग्छु : जोशी
मेरोन्यूज
२०८१ भदौ २१ गते २१:०४

काठमाडौँ । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायसँग समन्वय गरेर पर्यटन प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बोर्डका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयबाट नियुक्तिपत्र लिएपछि उनले रासससँग भने, “आगामी कार्यकाल नतिजामुखी बनाउन लाग्नेछ ।”
बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको थियो । जोशीले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरेका थिए । बोर्डले नयाँ सिइओ पाइसकेपछि पर्यटन क्षेत्र उत्साहित भएको उल्लेख गर्दै सचिव डा पाण्डेयले जोशीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिएका थिए।
सम्बन्धित










दक्षिण अफ्रिकाको बारमा गोली चल्याे, ९ जनाको मृत्यु, १० जना घाइते
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया