शुक्रबार, चैत ६, २०८२

प्रतिबद्ध भएर पर्यटन प्रवर्द्धनमा लाग्छु : जोशी

मेरोन्यूज २०८१ भदौ २१ गते २१:०४

काठमाडौँ । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायसँग समन्वय गरेर पर्यटन प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बोर्डका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयबाट नियुक्तिपत्र लिएपछि उनले रासससँग भने, “आगामी कार्यकाल नतिजामुखी बनाउन लाग्नेछ ।”

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको थियो । जोशीले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरेका थिए । बोर्डले नयाँ सिइओ पाइसकेपछि पर्यटन क्षेत्र उत्साहित भएको उल्लेख गर्दै सचिव डा पाण्डेयले जोशीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया