शनिबार, चैत ७, २०८२

महालक्ष्मी विकास बैंकले एनएफआरएस ०९ इसीएल लागू गर्ने

मेरोन्यूज २०८१ भदौ २२ गते १७:५०

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ०९ इसीएल लागू गर्ने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले सो सम्बन्धी मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ।

यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्ड पूरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनको प्रभावकारी रुपमा कार्यान्वयन/पालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने जनाइएको छ।

प्रतिक्रिया