राहत कोषमा जुट्न थाल्यो रकम

झापा । विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।
विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले रु एक करोडको अक्षयकोष बनाउने निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आबद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा रु एक लाख ११ हजार एक सय ११ दाखिला गरेका सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए।
हालसम्म रु आठ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उनले दिए ।
“कार्यालयमा आएर कतिपयले सहयोग गरीरहनुभएको छ”, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भने, “पाँच हजारभन्दा धेरै सदस्य छन् उनिहरु यतिबेला कोष बन्ने कुराले उत्साही छन् । सबैले अलिअलि सहयोग गर्नुभयोभने कोषमा रु एक करोड सहजै जुट्नेछ ।”
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया