राहत कोषमा जुट्न थाल्यो रकम

झापा । विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।
विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले रु एक करोडको अक्षयकोष बनाउने निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आबद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा रु एक लाख ११ हजार एक सय ११ दाखिला गरेका सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए।
हालसम्म रु आठ लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उनले दिए ।
“कार्यालयमा आएर कतिपयले सहयोग गरीरहनुभएको छ”, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भने, “पाँच हजारभन्दा धेरै सदस्य छन् उनिहरु यतिबेला कोष बन्ने कुराले उत्साही छन् । सबैले अलिअलि सहयोग गर्नुभयोभने कोषमा रु एक करोड सहजै जुट्नेछ ।”











रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया