महिलाको हत्या गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा सिरहा घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी एक महिलाको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरी तथा सर्लाहीको बसगरिया गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बसुन्धारा बस्ने २४ वर्षीय सन्तोषराम महरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
यही भदौ २० गते गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुङ्गाको चेपभित्र महिलाको शव भेटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो । रामविनय र सन्तोषरामलाई शनिबार काठमाडौँ महानगरपालिका–३ बसुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो । मृतक महिलाका आफन्तहरु अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया