रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ ।
नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको हो ।
अभ्यासको उद्देश्य चिनीयाँ तथा रूसी सेनाबीचको रणनीतिक सहयोगलाई मझबुत बनाई सुरक्षा खतरासँग संयुक्त रूपमा सामना गर्ने उनीहरूको क्षमता बढाउनु रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
दुवै पक्षले संयुक्त समुद्री गस्तीका लागि ‘प्रशान्त महासागरको समुद्री क्षेत्र’ मा नौसेना पठाउने छन् भने चीनले रूसको ओसन–२०२४ रणनीतिक अभ्यासमा पनि भाग लिने छ ।
यस अघि जुलाईमा, दुई देशले चीनको गुआङ्गडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।
सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि उनीहरूले सीमा विहिन साझेदारीको घोषणा गरेका थिए ।
गत महिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ प्रधानमन्त्री ली किआङसँगको भेटमा रूसको चीनसँगको आर्थिक र व्यापारिक सम्बन्ध ‘फलदायी’ भएको बताएा थिए ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया