सशस्त्र सङ्घर्ष, शान्ति र मेलमिलाप नीतिका संस्थापक बिपी : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिमा सशस्त्र सङ्घर्ष र शान्ति, सहकार्य एवं मेलमिलाप नीतिका संस्थापकका रूपमा बिपी कोइराला स्थापित भएको बताएका छन् ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहमा उनले नेपाललाई लोकतान्त्रिक पद्धतिमा हिँडाएर विकसित देश बनाउन खेलेको भूमिकाले कांग्रेसमात्र नभई अन्य विचार राख्नेले पनि बिपीलाई सम्झिने गरेको बताए। अहिलेको संसदीय लोकतान्त्रिक पद्धतिकै लागि बिपीले ठूलो त्याग गरेको महामन्त्री शर्माको भनाइ थियो ।
“बिपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । तत्कालीन राजा महेन्द्रले नेपाली सेनाको शक्तिका भरमा बन्दी बनाएपछि राजनीतिक नभई साहित्यिक कृतिको रचना गरी नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । राजनेता बन्न नीति, कर्म र त्याग चाहिन्छ भन्ने उदाहरण बन्न बिपी सफल हुनुभयो । त्यही कारण उहाँलाई नेपाली कांग्रेसमात्र नभई सबैले स्मररण र सम्मान गर्छन्”, उनले भने ।
नेपालमा विकासको प्रारम्भिक खाका कोरेका बिपीले सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्ष भएर विश्वमा नेपालको चिनारी बढाएको महामन्त्री शर्माले स्मरण गरे ।
एकअर्को प्रसङ्गमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीदेखि हालसम्म कोही पनि पाँच वर्षसम्म नटिकेकाले अब सरकारको स्थिरताका लागि संविधान संशोधनलगायत विषयमा बहस गरिनुपर्नेमा जोड दिए ।
प्राध्यापक कृष्ण खनालले बिपीले राजनीतिमा चिल्ला सुकिलाको हालीमुहाली हुन्नसक्ने भएकाले असल कार्यकर्ताले फेरि क्रान्ति गर्नुपर्छ भनेको स्मरण गर्दै अहिले त्यस्तै अवस्था आएकाले सचेत हुन कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरे । चेतनाको बिम्बका रूपमा बिपीले काम गर्नुभएको उल्लेख गर्दै उनले बिपीले बसालेको संस्कृतिबाट हाल कांग्रेस र कोइराला परिवार टाढिएको विश्लेषण सुनाए ।
बिपीको जीवनबाट सिकेर कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुक अघि बढ्न सक्नुपर्ने प्राध्यापक खनालको भनाइ थियो ।
बिपी जयन्तीका अवसरमा आज सुन्दरीजलमा साहित्यिक महोत्वसवसँगै निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा कवि एवं कवयित्रीबाट काव्य पाठ गरिनुका साथै सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिकाको कार्यक्रमको संयोजन र बिपी सङ्ग्रहालय समितिको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको शाखाका उपाध्यक्ष विमुन्स पौडेलले जानकारी दिए।















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया