गङ्गालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरिइएको हो ।
आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्रले आफ्नै स्रोतबाट गर्नेछ । उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ ।
सो अवसरमा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, युवा तथा खेलकुदमन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको जनाउँदै यसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ खेलाडी लाभान्वित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवद्र्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको सुरूआत गरिएको थियो ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया