आयुर्वेद स्वास्थ्य केन्द्र पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विगत पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन बनेको छ ।
केन्द्रमा सञ्चालक समिति नहुँदा कार्यालयको खर्च व्यवस्थापन तथा बिरामीलाई थप सेवा विस्तारमा कठिनाइ भएको छ । समितिका तत्कालीन अध्यक्ष देवीबहादुर बस्नेतको कार्यकाल सकिएपछि नयाँ व्यवस्थापन समिति गठन नहुँदा आयुर्वेद केन्द्र सञ्चालनमा समस्या भएको हो ।
केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार सञ्चालक समिति नहुँदा केन्द्रबाट नागरिकलाई प्रदान गरिने थप सेवा सुविधा प्रभावित भएको छ । उनका अनुसार टिकट शुल्क र सेवाबापतको रकम जम्मा गरिएपनि नयाँ सिर्जनशील र सेवा सुविधा विस्तार रोकिएका छन् ।
केन्द्रमा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । उपचारमा आउने बिरामीमध्ये अधिकांश ग्याष्ट्रिक, बाथ र ज्वरोका हुने गरेका छन् । केन्द्रले प्रयोगशाला सञ्चालनमा ल्याएको छ । निरीक्षक चापागाईँले भने, “न्यून शुल्कमा प्रयोगशाला परीक्षण गर्ने सुविधा भएपछि बिरामीको चाप बढ्दै गएको छ ।”
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्त गर्न विलम्ब गरेकाले केन्द्रमा खर्च व्यवस्थापन तथा बिरामीका लागि थप सेवा सुविधा विस्तारमा कठिनाइ भएको उनको भनाइ छ । क्षारसुत्र, पञ्चकर्म, प्रयोगशाला र टिकट दस्तुरबापतको आम्दानीको पैसाबाट नयाँ काम तथा खर्च व्यवस्थापन गर्न नपाउँदा समस्या भएको केन्द्र प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए ।
“हामीले पटक–पटक मन्त्रालयमा ताकेता गरिरहेका छौँ, कुनै सुनुवाइ भएको छैन्,” उनले भने, “समस्या समधान नहुँदा काम गर्न कठिनाइ भएको छ ।” प्रदेशका स्वास्थ्यमन्त्री परिवर्तन भएका कारण समस्या उत्पन्न भएको उनले बताए । “मन्त्रालयबाट नीतिगत निर्णय हुने बित्तिकै यो काम अघि बढ्छ”, उनले भने ।
















सिरहा कारागारमा विवाद हुँदा २२ जना कैदीबन्दी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया