झापामा लागुऔषधको कारोबार बढ्दो

भद्रपुर (झापा) । स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागुपदार्थ कारोबारमा सङ्लग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्ममा चार दशमलव पाँच किलो ब्राउन सुगर र ९६ दशमलव पाँच किलो गाँजा बरामद भएको छ । तीन वर्षमा पक्राउपर्नेमा एक हजार नौ पुरुष र ९६ महिला रहेको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका विभिन्न युनिट अन्तर्गत पक्राउ परेकाका विरुद्धमा आव २०७८/७९ मा दुई सय मुद्दा, आव २०७९/८० मा दुई सय छ मुद्दा, आव २०८०/८१ मा दुई सय ९७ मुद्दा गरी तीन वर्षमा सात सय तीन मुद्दा दर्ता भएका थिए । भारतसँगको खुला सिमानाका कारण कडाइ गर्दा पनि प्रत्येक वर्ष लागुपदार्थ दुव्र्यसनी र कारोबारीको सङ्ख्या बढदै गएको प्रहरी नायब उपरीक्षक चन्दको भनाइ छ ।
प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै प्रहरीले चार सय २९ पुरुष र ३३ महिला गरी चार सय ६२ जनालाई लागुऔषधको सेवन तथा कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुका साथबाट प्रहरीले दुई किलो ब्राउन सुगर र २८ दशमलव पाँच किलो गाँजा बरामद गरेको हो ।
यसैगरी झापा प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन सय सात र आर्थिक वर्ष २०७९/८० मा तीन सय ३६ मानिस लागुऔषधको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका थिए ।


















माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया