रौतहटमा मन्दिरबाटै गाँजा बिक्रि गर्ने साधु पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागू ओैषध गाँजा बिक्रि बितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन ।
देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवको छोरा बर्ष ६५ को पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।
मन्दिरबाट गाँजा बेच बिखन गर्ने गरेको सुचना अनुसार ईलाका प्रहरी कार्यालय गोनाही बाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा लुकाई राखेको पलाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
लगत्तै पुजारी यादवलाई गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाईएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।
साधु यादव हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । यस अघी गाँजा बिक्रि बितरण गर्ने एकजना साधु फतुवा बिजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया