१ रुपैयाँमै खेलेका थिए सलमानले ‘फिर मिलेंगे’ फिल्म

काठमाडौं। फिल्म ‘फिर मिलेंगे’ मा सलमान खानले एचआईभी बिरामीको भूमिका निभाएका थिए ।
निर्माता शैलेन्द्र सिंहले यो फिल्ममा एचआइभी बिरामीको भूमिका निभाउन कुनै पनि कलाकार तयार नभएको खुलासा गरेका छन् । त्यसपछि सलमान भने राजी भएको उनले बताए ।
निर्माता सिंहका अनुसार सलमानले यस फिल्ममा अभिनय गरेबापत पारिश्रमिकका रुपमा १ रुपैयाँ मात्र लिएका थिए ।
हालै इन्स्टाग्राम ह्यान्डलमा भिडियो सेयर गर्दै शैलेन्द्र सिंहले भने, ‘सलमान खानले फिल्मका लागि एक रुपैयाँ मात्रै शुल्क लिएका थिए । फिल्ममा, उनले मुख्य भूमिका निभाएका थिए, जो एचआईभी संक्रमित हुन्छन् र क्लाइमेक्समा मर्छन्। बलिउड उद्योगबाट कोही पनि यस्तो भूमिका गर्न तयार थिएनन् । त्यसपछि मैले सलमान खानलाई फोन गरेँ । उनी सहमत भए।’
‘क्लाइमेक्समै सलमानको मृत्यु हुन्छ । पक्कै पनि उनका फ्यानहरु खुसी हुने छैनन् । तर यसले सिंगो देशलाई सन्देश दिएको छ । यो फिल्म हलमा मात्रै रिलिज भएन, टेलिभिजनमा पनि देखाइयो’ निर्माता सिंहले भने ।
फिल्म ‘फिर मिलेंगे’ सन् २००४ मा रिलिज भएको थियो । फिल्मलाई रेवतीले निर्देशन गरेकी हुन् । यसमा सलमान खानका अलावा शिल्पा शेट्टी र अभिषेक बच्चनले पनि काम गरेका थिए । ५.५० करोडमा बनेको यो फिल्मले ५.४३ करोड कमाएको थियो ।














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया