१ रुपैयाँमै खेलेका थिए सलमानले ‘फिर मिलेंगे’ फिल्म

काठमाडौं। फिल्म ‘फिर मिलेंगे’ मा सलमान खानले एचआईभी बिरामीको भूमिका निभाएका थिए ।
निर्माता शैलेन्द्र सिंहले यो फिल्ममा एचआइभी बिरामीको भूमिका निभाउन कुनै पनि कलाकार तयार नभएको खुलासा गरेका छन् । त्यसपछि सलमान भने राजी भएको उनले बताए ।
निर्माता सिंहका अनुसार सलमानले यस फिल्ममा अभिनय गरेबापत पारिश्रमिकका रुपमा १ रुपैयाँ मात्र लिएका थिए ।
हालै इन्स्टाग्राम ह्यान्डलमा भिडियो सेयर गर्दै शैलेन्द्र सिंहले भने, ‘सलमान खानले फिल्मका लागि एक रुपैयाँ मात्रै शुल्क लिएका थिए । फिल्ममा, उनले मुख्य भूमिका निभाएका थिए, जो एचआईभी संक्रमित हुन्छन् र क्लाइमेक्समा मर्छन्। बलिउड उद्योगबाट कोही पनि यस्तो भूमिका गर्न तयार थिएनन् । त्यसपछि मैले सलमान खानलाई फोन गरेँ । उनी सहमत भए।’
‘क्लाइमेक्समै सलमानको मृत्यु हुन्छ । पक्कै पनि उनका फ्यानहरु खुसी हुने छैनन् । तर यसले सिंगो देशलाई सन्देश दिएको छ । यो फिल्म हलमा मात्रै रिलिज भएन, टेलिभिजनमा पनि देखाइयो’ निर्माता सिंहले भने ।
फिल्म ‘फिर मिलेंगे’ सन् २००४ मा रिलिज भएको थियो । फिल्मलाई रेवतीले निर्देशन गरेकी हुन् । यसमा सलमान खानका अलावा शिल्पा शेट्टी र अभिषेक बच्चनले पनि काम गरेका थिए । ५.५० करोडमा बनेको यो फिल्मले ५.४३ करोड कमाएको थियो ।
















Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया