‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ ।
शुक्रबार (आज) बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय गरेको हो ।
बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसदमा पार्टीले गरिरहेको अवरोधकाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकले संसद अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको बताउँदै पाण्डेले सभामुखको निर्णय हिंसा शब्दलाई मात्र केन्द्रित गरेर आएको तर आफुहरुको माग सिंगो जनयुद्धलाई अपमानित गरिएको विषय रहेको बताए ।
सभामुखले रुलिंग गरेको विषय संविधान र शान्ति सम्झौता बमोजिम नआएको बताउँदै आफुहरु निरेपक्ष रुपमा शब्दकोपछि नलागेको र सिंगो जनयुद्धको अपमान गरेकोले यसलाई प्रतिवाद गरेर जाने निर्णय गरेको पाण्डेले बताए ।
बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद अवरुद्ध गरेको थियो र संसदको बैठक स्थगित भएको थियो ।
आजकाे बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको भएपनि १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको निष्कर्ष निकालेको पाण्डेले बताए ।
















चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया