उपराष्ट्रपति यादव र दक्षिण कोरियाली राजदूत पार्कबिच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताएयोङ्गले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, श्रम तथा रोजगारलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रही आएको बताए। “हाम्रा द्विपक्षीय सम्बन्ध आपसी सम्मान, समझदारी एवं सहयोगमा आधारित छन्”, उनले भने, “यसवर्ष नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा मनाइरहेका छौँ । यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न हामी तत्पर छौँ ।”
कोरियाली अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ‘कोइका’ मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पु¥याएको योगदान नेपालका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले भने, “हामी कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा विकास, व्यापार र पर्यटन प्रवर्द्धनलगायत जनस्तरको सम्बन्धलगायत क्षेत्रमा अझ विस्तृत र गहन रूपमा अगाडि बढाउन प्रतिबद्ध छौँ ।”
सोही अवसरमा दक्षिण कोरियाली राजदूत ताएयोङ्गले नेपालमा सामसङ, हुन्डेलगायत कम्पनीहरूले उत्पादनक क्षेत्रमा लगानी गर्न चाहेको बताए। “नेपालको किसानलाई स्मार्ट फार्मिङको माध्यमबाट कृषिमा हुने नोक्सान न्यूनीकरणमा सहयोग गर्न कोरिया इच्छुक छ”, उनले भने, “इपीएसमार्फत कोरिया गएर फर्केकाका लागि उनीहरूको सीप नेपालमै प्रयोग गराउनमा पनि केरियाको सहयोग रहनेछ ।”













कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया