आत्मघाती गोलले हारबाट जोगियो अल नासर
मेरोन्यूज
२०८१ भदौ २९ गते ७:२७

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल अहलीसँग १-१ गोलले बराबरीमा रोकिएको हो ।
अल नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो । उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगिएको थियो । त्यस्तै अल अहलीका लागि खेलको ५४औ मिनेटमा फ्र्यांक किस्सेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
यो अल नासरको यस सिजनमा दोस्रो बराबरी हो । यो खेलपछि ३ खेलमा ५ अंक भएको छ । त्यस्तै अल अहलीको ३ खेलमा ४ अंक रहेको छ ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया