चालु शैक्षिक सत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी

जनकपुरधाम (धनुषा) । चालु शैक्षिक सत्र २०८१ मा जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामबाट पाठ्यपुस्तक बिक्रीमा कमी आएको छ । कार्यालयले गत शैक्षिक सत्र २०८० मा रु २६ करोडको पुस्तक बिक्री गरेकामा चालु शैक्षिक सत्रको वैशाखदेखि साउनसम्ममा रु २३ करोड ३० लाखको बिक्री भएको जनाएको छ ।
सरकारको पूर्ण स्वामित्व रहेको कार्यालयबाट गत शैक्षिक सत्रको तुलनामा चालु शैक्षिक सत्रमा रु दुई करोड ७० लाखले पाठ्यपुस्तक बिक्रीमा कमी आएको कार्यालयका प्रमुख रुद्र खनालले जानकारी दिए । उनका अनुसार चालु शैक्षिक सत्रमा कार्यालयले कक्षा १ देखि कक्षा १२ सम्मका २२ लाख ६४ हजार छ सय ८३ थान पुस्तक बिक्री गरिएको छ ।
मधेस प्रदेशको आठ जिल्लासहित पहाडी जिल्ला ओखलढुङ्गा, उदयपुर र सिन्धुलीमा रहेका ९६ आधिकारिक बिक्रेतामार्फत सो सङ्ख्यामा पाठ्यपुस्तक बिक्री भएको उनले उल्लेख गरे ।
विद्यार्थीसँग पुरानो पाठ्यपुस्तक हुनु, कतिपय विद्यार्थीले बीचमा पढाइ छाड्नुलगायत कारणले गत शैक्षिक सत्रको तुलनामा यस वर्ष पाठ्यपुस्तक बिक्रीमा कमी आएको हुनसक्ने प्रमुख खनालले बताए । उनका अनुसार अहिले कार्यालयमा आठ लाख थान पाठ्यपुस्तक मौज्दात छ
केन्द्रले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पूर्ण रुपमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । साथै कक्षा ११ र १२ का अङ्ग्रेजी, नेपाली र सामाजिक विषयको पाठ्यपुस्तक भने विद्यार्थीले खरिद गर्नुपर्ने प्रावधान रहेको छ ।
विद्यार्थीलाई शिक्षातर्फ आकर्षित गर्न प्राथमिक तहमा अनिवार्य शिक्षा तथा माध्यमिक तहमा निःशुल्क शिक्षा दिने सङ्घीय सरकारको नीतिअनुसार जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइ गर्दै आएको हो । केन्द्रले तोकिएका बिक्रेतामार्फत पाठ्यपुस्तक खरिद गर्ने र सोको भुक्तानी सम्बन्धित पालिकामार्फत दिँदै आएको जनाएको छ ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया