सुनिता र बुचले राष्ट्रपति निर्वाचनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट मतदान गर्ने

काठमाडौँ । अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाटै राष्ट्रपति निर्वाचनमा मतदान गर्ने भएका छन् ।
स्पेस स्टेशनबाटपत्रकार सम्मेलन गरेका सुनिता र बुचले अमेरिकी चुनावमा अन्तरिक्षबाट मतदान गर्ने बताएका छन् ।
भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने, ‘आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरेको हो । यो महत्त्वपूर्ण कर्तव्य हो । नासाले हामी कसरी भोट गर्न सक्छौं भनेर काम गरिरहेको छ ।’
सुनिता विलियम्सले आफू अन्तरिक्षबाट मतदान गर्न उत्साहित भएको बताइन् । ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको व्यवस्था गर्न नासालाई अनुरोध गरेको बताए । अमेरिकी राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बर ५ मा हुने भएपनि त्यसअघिनै पोष्टल ब्यालेटबाट मतदान गर्ने व्यवस्था गरिएको हुन्छ ।
सुनिता र बुच जुन ५ मा अन्तरिक्ष स्टेशनमा पुगेका थिए । उनीहरु ६ जुनमा अन्तरिक्ष स्टेशन पुगेका थिए । उनीहरु जुन १३ गते फर्किने थियो । तर, नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक गडबडीका कारण उनीहरुको फिर्ती स्थगित भएको थियो । अब दुवै सन् २०२५ को फेब्रुअरीमा मा मात्रै फर्किने नासाले बताएको छ ।













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया