सुनकाे मुल्य घट्यो, तोलाको कति पुग्यो ?
मेरोन्यूज
२०८१ असोज १ गते ११:०८

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १९०५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया