शुक्रबार, चैत ६, २०८२

आइसरले ल्यायो ‘दशैँको हर्ष, आइसरको बर्ष’ योजना

मेरोन्यूज २०८१ असोज १ गते ११:३४

काठमाडौं । बतास एमएडब्लु, बतास मोरङ्ग अटो वर्कस् कमर्सियल भेहिकलले दशैं तिहार, छठ पर्वलाई लक्षित गर्दै ‘दशैको हर्ष, आइसरको बर्ष’ अफर योजना ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

दशैको हर्ष, आइसरको बर्ष अफर योजना अन्र्तगत ग्राहकहरुका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुबिधा प्रदान गरिने छ ।

यस योजनाले हाम्रा सबै ग्राहकहरूलाई बिशेष प्राथमिकताका साथ गाडि सञ्चालकहरु, चालकहरू, शिक्षण संस्थाहरू, निर्माण कम्पनीहरू आदि लाई लक्षित गर्दै योजना अन्र्तगत चालकहरूको लागि बीमा ९चालक–मालिक०, शून्य सेवा लागत ९गाडी सञ्चालकहरु० तथा टुर प्याकेजहरू ९निर्माण कम्पनीहरूका लागि०, ल्यापटपहरू, प्रोजेक्टरहरू ९शिक्षण संस्थाका लागि० योजनामा समावेश गरिएका छन् । यो योजना यहि असोज १ गते देखि नेपाल अधिराज्यभर लागू हुनेछ ।

ग्राहकहरुले आइसरका देशभरीका शो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन् । आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा आइसरका गाडीहरु बिक्रि गदै आईरहेको छ । नेपालमा आइसरका ११ शाखाहरु, ४ डिलरसहित देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया