नेपालले एएफसी यु-२० मा भाग लिँदै

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यु-२० एसियनकप छनोटका लागि चाइनिज ताइपेइ जाने नेपाली टोलीको बिदाइ गरेको छ।
एन्फाद्वारा आज यहाँआयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, प्रवक्ता सुरेश शाहलगायतले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।
छनोट खेलमा नेपाल समूह ‘बी’मा रहेको छ। नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन्। यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ। नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
यसैगरी नेपालले सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ तारिखमा उज्वेकिस्तान र २७ तारिखमा बहराइनसँग खेल्नेछ।
त्यसैगरी एन्फाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियन सिपका लागि भुटान जाने नेपाली टोलीलाई पनि सफलताको शुभकामना दिँदै आजै बिदाइ गरेको छ।
सेप्टेम्बर २० देखि ३० तारिखसँग भुटानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा आयोजक भुटान, श्रीलंका र पाकिस्तान छन्। त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बंगलादेश छन्।
नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र २५ मा भुटानको सामना गर्नेछ।















50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया