भैरव पुरस्कार गुठीद्वारा तीन पुरस्कार घोषणा

काठमाडौँ। नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम मंगलबार घोषणा गरिएको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरी घोषणा गरिएको हो ।
सार्वजनिक विवरणअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि एक लाख ११ हजार १११ रहेको छ । एक लाख एक हजार १११ राशीको भैरव वाङ्मय पुरस्कार चुडामणि गौतम र ५१ हजार १११ राशीको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने गुठीले जनाएको छ ।
पुरस्कार प्राप्तकर्ताको नाम छनोट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको एक समिति गठन गरेको थियो ।
यही असोज १९ गते भैरव स्मृति दिवसको दिन पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया