रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
यस अघि आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक रहेका रिक्की अब २०२५ आइपिएल सिजनका लागि पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।
रिक्की पञ्जावको पछिल्लो सात सिजनमा छैटौं मुख्य प्रशिक्षक बनेका छन्। उनी केहि महिना अघि मात्र दिल्लीको मुख्य प्रशिक्षकको भूमिकाबाट अलग भएका थिए । पञ्जाव किंग्सले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन। २०१४ मा उप विजेता बनेको पञ्जाव त्यसयता प्लेअफमा पुग्न समेत सकेको छैन ।
आइपिएलमा खराब प्रदर्शन गरिरहेको पञ्जावलाई नयाँ स्वरुपमा ल्याउन रिक्कीका अगाडी चुनौती देखिएको छ । पञ्जावका कप्तान शिखर धवनले हालै सन्यास लिएपछि नयाँ कप्तान चुन्नेदेखि खेलाडीलाई रिटेन गर्ने र नयाँ खेलाडी भित्र्याउने चुनौती रहेको छ ।
रिक्की पोन्टिङ पहिलो सिजनदेखि नै आइपिएलसँग जोडिएका छन् । शुरुमा कोलकता नाइट राइडर्स र त्यसपछि मुम्बई इण्डियन्सको खेलाडीको रुपमा उनले आइपिएल खेलेका थिए । उनले २०१३ मा सिजनको बिचमा नै मुम्बईको कप्तानी छोडेका थिए । त्यसपछि उनी २०१४ मा मुम्बईको एड्भाइजरको भूमिकामा थिए भने २०१५ र २०१६ मा मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि २०१८ देखि उनी दिल्लीको मुख्य प्रशिक्षक रहेका थिए ।
















पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया