कंगना भन्छिन्- सांसदको याे कार्यकाल भित्रै बिहे गर्छु, पछि गरेर फाइदा छैन

काठमाडौं । कंगना रनौत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । यसैबीच एक अन्तर्वार्ताका क्रममा कंगनाले आफ्नो विवाहबारे बोलेकी छिन् ।
न्युज १८ लाई दिएको अन्तर्वार्तामा कंगना रनौतले आफु बिहे गर्न चाहेको बताइन् । कंगनालाई यो सांसदको कार्यकालमा बिहे गर्ने हो भनेर सोधिएको थियो ? जवाफमा उनले भनिन्, ‘आशा छ, किनभने त्यसपछि बिहे गरेर कुनै फाइदा छैन ।’
कंगनालाई फेरी बिहे कहिले गर्ने भनि सोधिएकाे थियाे । यसको जवाफ दिँदै अभिनेत्रीले हाँस्दै भनिन्, ‘पहिले मेरो फिल्म रिलिज गर, त्यसपछि अर्को पटक भन्छु । चिराग पासवानको बारेमा सोधिएको प्रश्नमा कंगनाले भनिन्, ‘हामीबीच त्यस्तो केही छैन, उनी मेरो असल साथी हुन् । हामीले सँगै फिल्म पनि गरेका छौं, उहाँ एकदमै नम्र व्यक्ति हुनुहुन्छ।
कंगना रनौत फिल्म ‘इमर्जेन्सी’ मा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । यो चलचित्रको निर्देशन पनि उनले नै गरेकी हुन् । कंगनाले हालै आफ्नो नयाँ फिल्म ‘भारत भाग्य विधाता’को पनि घोषणा गरेकी छिन् ।













समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया