बुधबार, वैशाख १७, २०८२

भोलिदेखि धरहरा खुल्ने, हाललाई प्रवेश निःशुल्क

मेरोन्यूज २०८१ असोज २ गते १६:५४

काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।

पुनर्निर्माण भएको धरहरा भोलिदेखि सञ्चालनमा आउने भएसँगै सर्वसाधारणहरूको लागि खुला हुने भएको हो।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

धरहरामा सर्वसाधारणहरूले निःशुल्क चढ्न पाउनेछन्। अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिएकाे हाे । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।

प्रतिक्रिया