झापामा ५० करोड राजस्व सङ्कलन
मेरोन्यूज
२०८१ असोज ३ गते ११:०३

भद्रपुर (झापा) । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।
अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताए । “साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७ दशमलव ६१ प्रतिशत राजस्व सङ्कलन भयो । चालु आवको पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन भएन” उनले भने ।
उक्त कार्यालयले आयकरबाट रु १५ करोड ७६ लाख १४ हजार, ब्याजबापत रु दुई करोड ६१ लाख १७ हजार, मूल्य अभिवृद्धि करबापत रु २० करोड १६ लाख ८७ हजार अन्तःशुल्कबापत रु १० करोड ७८ लाख आठ हजार सङ्कलन गरेको छ ।
सम्बन्धित










३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया