दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस् : प्रदेश प्रमुख नजिर

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले मुलुक दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस् भनी शुभकामना दिएका छन् ।
उनले संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै जनताको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालमा संविधान जारी भएकाले संविधानले दिएका अधिकारको उच्चतम उपभोग गर्दै समुन्नत नेपाल निर्माणमा लाग्न आग्रह गरे ।
‘नेपाली जनताले पटक-पटक गर्दै आएको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप ऐतिहासिक संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ उहाँले जारी गरेका शुभकामना सन्देशमा उल्लेख छ ।
प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यो ऐतिहासिक दिवसले सुदूरपश्चिम प्रदेश दिगो शान्ति सुशासन र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।”
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया