मर्निङ वाक गएका बेला सलमानका पितालाई महिलाकाे धम्की
मेरोन्यूज
२०८१ असोज ३ गते १४:०१

काठमाडौं । बलिउड अभिनेता सलमान खानका पिता सलिम खानलाई एक महिलाले धम्की दिएकी छन् ।
बुधवार बिहान सलिम मर्निङ वाक गर्न गएका बेला उनलाई धम्की आएको हो ।
कार्टर रोडमा हिडिरहेका बेला एक महिला एक पुरुषसँग मोटरसाइकलमा आएर सलिमलाई भनिन्– ‘होशियार बस् नत्र लरेन्सलाई भनिदिन्छु’
यस विषयमा बान्द्रा पुलिसले मुद्दा दर्ता गरेको छ। साथै एक जना अभियुक्तलाई पक्राउ पनि गरेको छ ।
१४ अप्रिलमा सलमानको मुम्बईस्थित घरमा पाँच राउण्ड फायरिङ भएको थियो। गोली चलाउनेहरु मोटरसाइकलमा आएका थिए । त्यसको दुई दिनपछि मुम्बई प्रहरीले आरोपीलाई गुजरातबाट पक्राउ गरेको थियो।
हालसम्म प्रहरीले लरेन्ससहित ९ जनालाई मुद्दामा आरोपी बनाएको छ । जसमध्ये हालसम्म ६ जना पक्राउ परेका छन् ।
प्रहरीलाई दिएको एक वयानमा सलमानले लरेन्स गिरोहबाट आफ्ना परिवारका सदस्यलाई खतरा रहेको बताएका थिए ।
सम्बन्धित
















Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया