मर्निङ वाक गएका बेला सलमानका पितालाई महिलाकाे धम्की
मेरोन्यूज
२०८१ असोज ३ गते १४:०१

काठमाडौं । बलिउड अभिनेता सलमान खानका पिता सलिम खानलाई एक महिलाले धम्की दिएकी छन् ।
बुधवार बिहान सलिम मर्निङ वाक गर्न गएका बेला उनलाई धम्की आएको हो ।
कार्टर रोडमा हिडिरहेका बेला एक महिला एक पुरुषसँग मोटरसाइकलमा आएर सलिमलाई भनिन्– ‘होशियार बस् नत्र लरेन्सलाई भनिदिन्छु’
यस विषयमा बान्द्रा पुलिसले मुद्दा दर्ता गरेको छ। साथै एक जना अभियुक्तलाई पक्राउ पनि गरेको छ ।
१४ अप्रिलमा सलमानको मुम्बईस्थित घरमा पाँच राउण्ड फायरिङ भएको थियो। गोली चलाउनेहरु मोटरसाइकलमा आएका थिए । त्यसको दुई दिनपछि मुम्बई प्रहरीले आरोपीलाई गुजरातबाट पक्राउ गरेको थियो।
हालसम्म प्रहरीले लरेन्ससहित ९ जनालाई मुद्दामा आरोपी बनाएको छ । जसमध्ये हालसम्म ६ जना पक्राउ परेका छन् ।
प्रहरीलाई दिएको एक वयानमा सलमानले लरेन्स गिरोहबाट आफ्ना परिवारका सदस्यलाई खतरा रहेको बताएका थिए ।
सम्बन्धित














शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया