वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनासम्म वाणिज्य बैंकहरूले सेयर धितो कर्जा क्षेत्रमा उल्लेखनीय लगानी गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, १९ वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। साउन महिनासम्म १९ वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।
यस्तो कर्जा प्रवाह गर्ने बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेको छ, जसले १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
त्यस्तै,नेपाल बैंकले ६ अर्ब ९२ करोड ६८ लाख, सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख,कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख, सिटिजन्स बैंकले ४ अर्ब ८४ करोड ११ लाख,प्राइम बैंकले ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले,३ अर्ब ९६ करोड ८५ लाख लक्ष्मी सनराइज बैंकले ३ अर्ब ८६ करोड ५३ लाख,एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड २० लाख, प्रभु बैंकले २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड ६४ लाख,हिमालयन बैंकले १ अर्ब ९१ लाख ९५ हजार एभरेष्ट बैंकले १ अर्ब ७८ करोड ९३ लाख,कृषि विकास बैंकले १ अर्ब ५७ करोड १ लाख ,सानिमा बैंकले १ अर्ब ५१ करोड ५४ लाख,एनएमबि बैंकले १ अर्ब २२ करोड ९९ लाख , माछापुच्छ्रे बैंकले ५१ करोड २४ लाख र नेपाल एसबीआई बैंकले ४२ करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छैन।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया