वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनासम्म वाणिज्य बैंकहरूले सेयर धितो कर्जा क्षेत्रमा उल्लेखनीय लगानी गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, १९ वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। साउन महिनासम्म १९ वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।
यस्तो कर्जा प्रवाह गर्ने बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेको छ, जसले १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
त्यस्तै,नेपाल बैंकले ६ अर्ब ९२ करोड ६८ लाख, सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख,कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख, सिटिजन्स बैंकले ४ अर्ब ८४ करोड ११ लाख,प्राइम बैंकले ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले,३ अर्ब ९६ करोड ८५ लाख लक्ष्मी सनराइज बैंकले ३ अर्ब ८६ करोड ५३ लाख,एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड २० लाख, प्रभु बैंकले २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड ६४ लाख,हिमालयन बैंकले १ अर्ब ९१ लाख ९५ हजार एभरेष्ट बैंकले १ अर्ब ७८ करोड ९३ लाख,कृषि विकास बैंकले १ अर्ब ५७ करोड १ लाख ,सानिमा बैंकले १ अर्ब ५१ करोड ५४ लाख,एनएमबि बैंकले १ अर्ब २२ करोड ९९ लाख , माछापुच्छ्रे बैंकले ५१ करोड २४ लाख र नेपाल एसबीआई बैंकले ४२ करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छैन।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया