ठमेल प्लाजाले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । ठमेल प्लाजा होटल एण्ड सुइटसले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।
बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटसको तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँका दरले १० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो । विक्री प्रबन्धक नियुक्त भएसँगै अब नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृति लिनका लागि प्रक्रिया अघि बढाईने जानकारी समेत कम्पनीले दिएको छ ।
ठमेल प्लाजा होटल एण्ड सुइटस कम्पनी बिगत तीन वर्षदेखि सञ्चालनमा रहेको छ । जेठ २१ गतेदेखि कम्पनीले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७० दशमलव ३० प्रतिशत सम्मको सीमाभित्र हुने गरी हकप्रद शेयर विक्री गरेको हो ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया