एनसेल फाउन्डेसनद्वारा पलेसा गोवर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारा ओलम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।
राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारा ओलम्पिक्सकी ऐतिहासिक कास्य पदक विजेता पलेसासहित सहभागी ५ सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।
पलेसाका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख नगद पुरस्कार पाएका छन् । त्यसैगरी, तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
पलेसाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनीलगायत अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गर्ने घोषणा गरेको थियो । एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआरअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया