नवलपरासीका ९ स्थानमा डिप ट्युबेल जडान गरिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत रामग्राम नगरपालिका-१३ मा डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण थालेको हो ।
नगरपालिकाले सिँचाइ सुविधा नभएका सुक्खा क्षेत्र छनोट गरी रु दुई करोडको लागतमा नौ स्थानमा सिँचाइको व्यवस्था गर्न डिपट्युबेल जडानलाई तीव्र गतिमा अघि बढाएको छ ।
रामग्राम नगरपालिका-१३ बाट काम सुरु भएको र आवश्यकताअनुसार अन्य स्थानमा पनि डिपट्युबेल जडानलाई तीव्रता दिइने नगरप्रमुख धनपत यादवले बताउनुभयो । किसानलाई सिँचाइको सुविधा दिनसके आर्थिक अवस्था सुधारमा टेवा पुग्ने भएकाले नगरपालिकाले सिँचाइका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।
सिँचाइ सुविधा नहुँदा नगरका केही स्थानमा अकासे पानीको भर पर्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै नगरपालिकाले चालु आर्थिक वर्षमा सिँचाइ पूर्वाधार निर्माणमा प्राथमिकता दिएको जनाएको छ । रामग्रामका अधिकांश परिवार कृषिमा आश्रित छन् । रामग्राम–१३ पाडाटिकरमा रु १६ लाख लागतमा डिपट्युबेल निर्माण सुरु भएको छ । उक्त डिपट्युबेलमार्फत एक सय ५० बिघाभन्दा बढी जग्गामा सिँचाइ सुविधा पुग्नेछ ।
सिँचाइको सुविधा नहुँदा समस्या भएको बताउँदै स्थानीय समाजसेवी अवधराज यादवले अब सिँचाइ कार्यक्रम विस्तार हुने खबरले आफू उत्साहित भएको बताए ।
वडाध्यक्ष असनारायण चौधरीले वडा नं १३ भित्रै अन्य स्थानमा पनि भूमिगत सिँचाइको व्यवस्था गर्नसके कृषि उत्पादनमा वृद्धि हुने बताए।
नगरपालिकाका कृषि शाखा प्रमुख किरणकुमार गुप्ताले रामग्राममा कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रम विस्तारमा जोड दिए ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया